पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक


१७ माघ २०७९, मंगलवार
Mao meeting 2 1 scaled

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को आज (मंगलबार) को पदाधिकारी बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।

पदाधिकारीको बैठक हिजो पनि बसेको थियो । बुधबार (भोलि) बस्ने स्थायी कमिटी बैठकका लागि सांगठनिक विषयमाथि छलफलका निम्ति बैठक बसेको नेताहरूले बताएका छन् । यस्तै, राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।

Mao meeting 1 1

गत शुक्रबार सर्वोच्च अदालतको आदेशले अनागरिक ठहर भएसँगै रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सोमबारको बैठकमा गृह मन्त्रालयको बारेमा छलफल भएको थियो । आजको बैठकमा पनि रविबारे छलफल हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७