२०७९ माघ २६ गते बिहीबारको तपाईको राशिफल
फागुन कृष्ण चतुर्थी पञ्चाङ्गः सुकर्मा बव उत्तर

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । प्रणय सम्बन्ध अझै बढाउने समय रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ र वैदेशिक कार्यमा पनि जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कुनै कुराले अनुहारमा चमक आउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल