सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा, चारको पदस्थापन (सूचीसहित)


१५ फाल्गुन २०७९, सोमबार
APF Headquater

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ डिआइजीको सरुवा भएको छ भने गत साता बढुवा भएका सात जनाको पदस्थापन भएको छ । सरुवा र पदस्थापनमा आठै बाहिनीका प्रमुखहरु हेरफेर भएका छन् ।

बराह बाहिनी सुनसरीमा अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीपकुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ । यस्तै गृह मन्त्रालयले सोमबार डिआइजीको सरुवा र पदस्थापन गरेको हो ।
हेर्नुस् सूची

1 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७