एउटै रुखमा झुण्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव फेला


१८ फाल्गुन २०७९, बिहीबार
death
सांकेतिक तस्वीर

कैलाली । कैलालीमा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार घटनाको कारण खुलेको छैन । उनीहरु दुवै जना विवाहित र छिमेकी समेत हुन् । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकोे र अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७