सन्दीप आबद्ध दिल्लीका गौतम गम्भीरले छाडे कप्तानी


१३ बैशाख २०७५, बिहीबार
gautam afridi

काठमाडौं, १३ बैशाख । नेपाली खेलाडि सन्दीप लामिछाने आबद्ध आइपिएलको दिल्ली डेयरडेभिल्सका कम्तान गौतम गम्भीरले कप्तानबाट राजीनामा दिएका छन् । दिल्ली निराशा जनक प्रर्दशनको प्रति जिम्मेवारी लिँदै कप्तानबाट हटेको बताएका बताएका हुन् । gautam afridi
गम्भीरको स्थानमा मुम्बईका युवा ब्याट्सम्यान श्रेयस अय्यरलाई दिल्लीको कप्तानी दिइएको छ । कप्तानबाट राजीनामा दिए पनि गम्भीर टीमका सदस्य भने रहनेछन् ।

गौतम गम्भीरले दिल्ली डेयरडेभिल्सको कप्तानी छोड्ने क्रममा भनेका छन, ’मैले टीमका लागि पर्याप्त योगदान दिन सकिन । कप्तान भएपछि मैले जिम्मेवारी लिनु पर्थ्यो । मलाई लाग्छ कप्तानी छाड्ने यो सही समय हो ।’

गम्भीरले अहिलेसम्म आईपीएलको अंकतालिकामा टीम अन्तिममा रहेकाले पनि त्यसको दोष आफूले लिनुपर्ने बताए । उनले टीमको प्रदर्शनलाई लिएर कप्तानी छोड्ने निर्णय लिएको बताए ।

दिल्लीलाई उपाधी दिलाउने बाचा सहित आएको बताउँदै दिल्लीको कप्तानी छोडेको बताए । गौतमले दुई पटक कोलकाता नाइट राइडर्सलाई आईपीएलको उपाधि दिलाएका थिए ।

अहिलेसम्म दिल्लीले खेलेका ६ खेलमा दिल्ली डेयरडेभिल्सले ५ खेलमा हारको सामना गरेको छ । यो सिजन दिल्लीका लागि गम्भीरको प्रदर्शन राम्रो रहेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७