ओडीआई वरीयतामा नामिबियालाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लियो


१ चैत्र २०७९, बुधबार
sandeep lamichhane 1

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एक दिवसीय वरीयता (ओडीआई) मा नेपालले नामिबियालाई पछि पार्दै उल्लेख्य सुधार गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो ।

लिग– २ मा नेपालले पछिल्लो एक महिनामा धमकेदार खेल देखाएको छ । लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ ।

लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ । अब बिहीबार हुने यूएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउने छ । ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १,१६७ अंक पाएको छ । नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ । अस्ट्रेलिया र न्युजिल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

घरेलु मैदानमा सक्टल्याण्ड र नामिबियासँग खेल्नुअघि नेपाल १९ औं स्थानमा थियो । त्यसपछिका ११ मध्ये एक बाहेक सबै खेल जिती नेपाल १६ औं स्थानमा उक्लिएको हो । यससँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७