एसियाडका लागि ८ जना कराते खेलाडी छनोट


१६ बैशाख २०७५, आईतवार
chanchala danuwar

 

chanchala danuwar
महिला एकल कातामा  चन्चला दनुवार

काठमाडौं, वैशाख १६: इण्डोनेसियामा हुने १८ औ एसियाडका लागि ८ जना कराते खेलाडी छनोट भएका छन ।

दुई महासंघले छुट्टाछुट्टै खेलाडी छनोट गरेकोमा अन्तिममा राष्ट्रिय खेलकुद परिषद्ले दुवै महासंघलाई एकै थलोमा राख्दै समझदारी गराएको थियो । जसमा जकार्तामा हुने एसियाडका लागि चार पुरुष र चार महिला खेलाडी छनोट गरेको हो ।

पुरुषको एकल कातामा त्रिभुवन आर्मीका पर्शुराम बास्तोला र महिलातर्फ नेपाल पुलिसकी चञ्चला दनुवार छनोट भएका छन् ।
यस्तै महिलातर्फ ५० केजी तौल समूहमा एपीएफकी अनु अधिकारीले त्रिभुवन आर्मीकी कुशुम खड्कालाई हराउदै छनोट भइन् ।

महिलातर्फकै ५५ देखि ६१ केजीको तौल समूहमा नेपाल पुलिसकी सुनिता महर्जनले एसियाडमा स्थान बनाइन ।

छनोट हुने खेलाडीहरु

पुरुष एकल कातामा ( पशुराम बास्तोला
महिला एकल कातामा ( चन्चला दनुवार
५५ केजीका सोनाम लामा
६७ केजीमा नबिन रसाइली
८४ केजीमा दिवस श्रेष्ठ
५० केजीकी अनु अधिकारी
५५ केजीकी सुनिता महर्जन
६८ केजी रिता कार्की

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७