वैकल्पिक विमानस्थलको खोजीमा मन्त्री अधिकारी काभ्रेमा


१८ बैशाख २०७५, मंगलवार
Rabindra adhikari

काठमाडौं, १८ बैशाख । त्रिभुवनन विमानस्थलको अत्याधिक हवाई चापका बढीरहेको बेला वैकल्पिक विमानस्थलको खोजिमा पर्यटन मन्त्री रविन्द अधिकारी काभ्रे पुगेका छन् । सरकारले त्रिुभवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा हवाई चाप कम गर्नका लागि राजधानी नजिकै डोमेस्टिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन थालेको हो ।Rabindra adhikariवैकल्पिक विमानस्थलकाे खाेजिमा काभ्रे पुगेका मन्त्री ।

पर्यटनमन्त्री अधिकारी नेतृत्वको टोलीले मंगलबार सम्भावित विमानस्थल निर्माणस्थलका लागि काभ्रेको ठुलीचौर, चिसापानी ठिलीचौर एवं बनेपाको नागीडाँडाको स्थलगत अवलोकन गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरीक विमानस्थल निर्माणका स्थान छनौट गर्न कार्यदल गठन गरेको छ । कार्यदललाई लागि १५ दिनभित्रै स्थान छनौट गर्ने समय दिएको छ ।

पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको आज स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।

उनले भने,‘काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक (डोमेस्टिक) विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ ।’

अध्ययन टाेलीका  सहभागीले बैकल्पिक विमानस्थल निर्माण गर्दा स्थानीयको भावना र वातावरणीय सन्तुलन् व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए भने अधिकांशले जिल्लाको समृद्धिका लागि विमानस्थल उपयुक्त हुने भन्दै निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । पर्यटनमन्त्री अधिकारी, सञ्चार राज्यमन्त्री बाँस्कोटासहित, काभ्रेका सांसद, नगरप्रमुख, क्यानका उच्च पदाधिकारी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीको टोलीले आज प्रस्तावित विमानस्थलको अवलोकन गरेको थियो ।

उनकाअनुसार विमानस्थल निर्माणका लागि क्यानले विसं २०६९ मा ठूलीचौरको अध्ययन गरेको थियो भने अहिले नागीडाँडामा अध्ययन गरेको छ । दुवै स्थानको स्थान र भौगोलिक अवस्थिति हेर्दा बढीमा एक हजार २०० मिटरसम्मको धावनमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ ।

मौसमी अवस्था र विमान रुट निर्धाणमा सहजता दुवै स्थानमा उपयुक्त देखिन्छ । पहाड काट्ने र भर्ने काम दुवै स्थानमा गर्नुपर्ने हुन्छ । लगानीका हिसाबले एक हजार २०० मिटर लामो धावनमार्ग भएको विमानस्थल बनाउन जम्मा रु पाँच अर्ब खर्च लाग्नेछ, भने ८०० मिटरको बनाउँदा करिब रु तीन अर्ब लाग्ने क्यानको प्रारम्भिक अनुमान छ ।

अध्ययन भएका दुईमध्ये उपयुक्त स्थानको निक्र्योल गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । यसअघि २०६५ मा काभ्रेकै भकुण्डेबेँसी र पाँचखालमा विमास्थल निर्माणका लागि अध्ययन गर्नेक्रममा स्थानीयको विरोधका कारण सम्भव भएको थिएन ।

यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताए ।  उनले पर्यटकीय क्षेत्र काभ्रेको समग्र विकासका लागि पनि विमानस्थल आवश्यक रहेको भन्दै पर्याप्त स्रोत साधन परिचालन गरेर कम लागतमा चाँडो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए ।

ठूलीचौर र नागीडाँडामा विवाद
क्यानको प्रारम्भिक अध्ययनअनुसार ठूलीचौर उपयुक्त देखिए पनि स्थानीयको विरोधका कारण कहाँ विमानस्थल बनाउने भन्ने अन्योल छ । सांस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्र मासिने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

तुलनात्मक रुपमा नागीडाँडामा विमानस्थल बनाउँदा जग्गाको मुआब्जा कम दिनुपर्ने र विमानस्थलको क्षमता कम हुनेछ । नागीका स्थानीयले विमानस्थल निर्माणमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा पर्छ नागी । मुआब्जा कम दिनुपर्ने र सडकको पहुँचको सहजता छ । ठूलीचौरमा करिब ६० प्रतिशत मुआब्जा दिनुपर्छ भने नागीमा २५ प्रतिशतमा मात्र मुआब्जा दिए पुग्छ । विमानस्थलका लागि चौडाई ३०० मिटर र लम्बाई एक हजार २०० मिटर आवश्यक पर्छ । अहिले अध्ययन भएका स्थानमा बढीमा एक हजार २०० मिटरको धावनमार्ग र २५ देखि ३० वटा विमान पार्किङ गर्न सकिनेछ ।

वार्षिक ७५ लाख हवाई यात्रु व्यवस्थापन

राजधानीस्थित एक मात्र त्रिभुवन अन्तर्रा्िष्ट्रय  विमानस्थलमा आन्तरिक र अन्तर्रा्िष्ट्रय गरी दैनिक करिब ४ सय उडान–अवतरण हुन्छन् । दैनिक १३ सय यात्रु क्लियर गर्ने क्षमता राख्ने त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा हाल पिक आवरमा २५ सय भन्दा बढी यात्रु हुने गरेका छन्। भने एयर ट्राफिकका कारण घन्टौंसम्म विमान आकाशमा होल्ड हुनुपर्ने अवस्था छ।

त्रिअविले वार्षिक ७५ लाख यात्रु व्यवस्थापन गर्दै आएको छ । अबको १५ वर्षमो यो संख्या दोब्बर हुने अनुमान गरिएको छ । ‘अहिले हामीले ७५ लाख वार्षिक ट्राफिक व्यवस्थापन गरिरहेका छौँ, विश्वमा हरेक १५ वर्षमा दोब्बर ‘ट्राफिक ग्रोथ’ बढेको छ’, क्यानमा महानिर्देशक गौतमले भने ।

नेपालमा वार्षिक ८ प्रतिशतका दरले हवाई चाप बढिरहेको र आगामी १५ वर्ष्भित्र यो संख्या दोब्बर हुने हुँदा राजधानीनजिक अर्को विमानस्थलको आवश्यकता महसुश गरिएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७