तनहुँ, बारा र चितवनमा आज उपनिर्वाचन

विहान ७ देखि साँझ ५ बजेसम्म मतदान, तीनै क्षेत्रमा सार्वजनिक विदा


१० बैशाख २०८०, आईतवार
Matadan 71668955735

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज (आइतबार) मतदान हुँदैछ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यता, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा तनहुँ १ को लागि ९ जना, चितवन २ मा २४ जना र बारा २ मा ३६ जना गरी ६९ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले आज हुने उपनिर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाता समक्ष अपिल गरेको छ ।

सरकारले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा आज सावजनिक विदा दिएको छ । मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म सार्वजनिक विदा दिइएको छ ।

यस्तो छ उपनिर्वाचनको नमूना मतपत्र
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज आइतबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुँदैछ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा तनहुँ–१ को लागि ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरी ६९ जना उम्मेदवार रहेका छन् । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यता, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले उपनिर्वाचनको लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई दिइएको चुनाव चिन्ह सहितको नमूना मतपत्र सार्वजनिक गरेको छ ।

नमूना मतपत्रमा त्यस क्षेत्रको उम्मेदवारको संख्या अनुसार दलको चुनाव चिन्ह र स्वतन्त्रको चुनाव चिन्ह रहेको छ । मतपत्रमा दलको नाम लेखिएको हुँदैन । दलको चुनाव चिन्ह मात्र राखिएको हुन्छ । त्यसै दलको चिन्हमा मत संकेत गरेर उक्त दललाई मत दिन सकिनेछ ।

chitwon 2 namuna matpatra
bara 2 namuna matpatra
tanahu 1 namuna matpatra

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७