‘सतीदेवी’ को छायांकन शुरु


१२ बैशाख २०८०, मंगलवार
satidevi

काठमाडौं । चलचित्र ‘सतीदेवी’ को मुहूर्तसँगै काठमाडौंमा छायांकन सुरु गरिएको छ । लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शीर्ष भूमिकामा अभिनेत्री मलिका महत छन् ।

दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली र मन्जिला बानियाँको अभिनय रहेको छ ।

छायांकनरत चलचित्र महिला केन्द्रित विषयवस्तुमा आधारित रहेको निर्देशक सुवेदीले जानकारी दिए । ‘हामीले ३० दिनको तालिका बनाएर सुरुआत गरेका छौँ । चलचित्रमा सतीदेवीको आँखाबाट कथा प्रस्तुत गरिएको छ’, निर्देशक सुवेदीले भने । यसमा दीपक शर्मा र सुभाष भुसालको संगीत, बाबु श्रेष्ठको छायांकन, देव महर्जनको द्वन्द्व,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । रंगपत्रकार हुँदै चलचित्रकर्मी बनेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७