डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध


१४ बैशाख २०८०, बिहीबार
dengue

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेङ्गु संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘डेङ्गु संक्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

गत वर्षको डेङ्गु संक्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७