चलचित्र ‘प्रसाद–२’ आजबाट प्रदर्शनमा


१५ बैशाख २०८०, शुक्रबार
PRASAD 2

काठमाडौं । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद–२’ आज (शुक्रबार) बाट प्रदर्शनमा आउँदैछ । यसअघि चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो ।

निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको थियो ।

राजनीतिक र सामाजिक कथाको फिल्म प्रसाद–२ मा विपिन र केकीसँगै अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको संगीत र सुशील पौडेलको लेखन रहेको छ । फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यसअघि ‘प्रसाद’ बक्स अफिसमा हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद–२’ बनेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७