अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता, सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक


२० बैशाख २०८०, बुधबार
ganesh

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनबीच शिष्टाचार भेटवार्ता भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनकाबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालकाबीच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशकाबीचको शान्ति प्रकियाका अनुभवहरू आदनप्रदान गर्ने विषयमा छलफल भएको छ । अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्धमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालकाबीच सिधाहवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए ।

नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्वपूर्ण गन्तव्य हो । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक रहेको उनले बताए ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनले सिधाहवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अवस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुबै जनाको थियो । नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षीय सम्बन्ध विस्तारमा पनि जोड दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७