वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य


१५ बैशाख २०८१, शनिबार
cr 2

काठमाडौँ । पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २०४ रन बनायो ।

वेष्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १ विकेट लिए । टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

सबै खेल कीर्तिपुरमै हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेष्ट इण्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इण्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७