राष्ट्रियसभाको सचिवमा अर्याल र प्रतिनिधिसभामा पाण्डेय नियुक्त


२१ बैशाख २०८०, बिहीबार
surendra aryal padhma

काठमाडौँ । संघीय संसदका दुवै सदनमा नयाँ सचिव नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुवै सदनमा नयाँ सचिव नियुक्त भएका हुन् ।

यसअघिका सचिवहरुले पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि नयाँ सचिव नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सचिव यादवप्रसाद कोइरालाले बताएका छन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको नयाँ सचिवमा पाल्पाको रिब्दीकोट गाउँपालिका १ का पद्म प्रसाद पाण्डेय नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका हुन् । त्यस्तै राष्ट्रियसभाको नयाँ सचिवामा अर्घाखाँचीको साविक चिदिका ३ का डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् । उनलाई अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा संविधानको धारा १०६ को उपधारा (१) राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरिएको हो । यसअघि राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाँल थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७