चिउरीखोलाको बाढीले एक घर र चार वटा गाडी पुरिए


१ जेष्ठ २०८०, सोमबार
vehilce NshL7qPomI

काभ्रेपलाञ्चोक । हिजो (आइतबार) साँझको वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर पुरिएको छ । बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका–९ का क्षेत्रबहादुर तामाङको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिँदा कुनै मानवीय क्षति भने भएको छैन । घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको जानकारी प्राप्त भएको उनले बताए ।

उनका अनुसार, सोही बाढीले बगाएर ल्याएको लेदोले चार वटा गाडी पुरिएको थियो । लेदोले पुरिएको दुई वटा माइक्रो बस र दुई वटा जीपमा पनि कुनै मानवीय क्षति भएको छैन । लेदोले पुरिएका चार वटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीन वटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएर ल्याएको लेदोले अवरुद्ध भएको बीपी राजमार्ग पनि आज बिहानबाटै दुईतर्फ सञ्चालनमा आएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७