बारामा लागुऔषध गाँजासहित चार जना पक्राउ


४ जेष्ठ २०८०, बिहीबार
drug

बारा । बारामा लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत बारा निजगढ नगरपालिका–८ उनासी पुलमा हेटौंडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा १३ किलो ५०० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले बसको सिट मुनी स्याउको कार्टुनभित्र गाँजा राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ पर्नेहरुमा मकवापुर मनहरी–८ ज्यामिरे बस्ने ३४ वषीय चन्द्र बहादुर मोक्तान (राजकुमार), झापाको मेची–६ शान्तिटोल बस्ने ४६ वर्षीय शंकर दाहाल, मेची–७ बस्ने ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहट चन्द्रपुर–८ बस्ने २४ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७