गणतन्त्र दिवस : प्रधानमन्त्रीले रोपे बालुवाटारमा काँक्रोदेखि काउलीसम्म (फोटो फिचर)


१५ जेष्ठ २०८०, सोमबार
prachanda 1 3

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ ओं गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज (सोमबार) बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए ।

उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि स्वयमसेवकहरुको सहभागिता थियो ।

prachanda 2 3
prachanda 10
prachanda 4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७