ओली भाइ सा’व यो सवा अर्ब हिन्दूस्तानीको सम्मान हो : मोदी


२८ बैशाख २०७५, शुक्रबार
KP oli and Narendra modi
तस्बिर : किरण पाण्डे ।

जनकपुर, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शनपछि सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारले गरेको हार्दिक सम्मानको प्रशंसा गरेका छन् ।

KP oli and Narendra modi
तस्बिर : किरण पाण्डे ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनले भने, ‘आदरणीय मेरा भाइ सा’व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नु भएकोमा म धेरै खुशी छु’, मोदीले भने, ‘भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु । राजा जनकको माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्षविभोर छु ।’

‘नेपालका आदरणीय प्रधानमन्त्री मेरो भाइ सा’व आदरणीय ओलीजी स्वयम् काठमाडौंबाट आएर मेरो स्वागतको प्रबन्ध गर्नुभयो’, उनले भने, ‘माता जानकीको दर्शनको उत्तम प्रबन्ध गर्नुभयो । नेपालले दिएको स्वागत हजारौं वर्षको सम्मान हो । सबा सय करोड हिन्दूस्तानीको सम्मान हो ।’ उनले आफ्नो स्वागतका लागि गरेको प्रबन्धका लागि नेपाल सरकार, राज्य सरकार र नगर सरकार तथा स्वयम् प्रधानमन्त्रीको पटक–पटक प्रशंसा गरे ।

उनले जनकपुर आउँदा आफूलाई औधी खुशी लागेको पनि बताए । ‘आज मलाई खुशी मिलेको छ । आदरणीय प्रधानमन्त्री ओलीजीसँग टुरिजम तीब्र गतिमा विकसित गर्न कुरा भइरहेको छ’, उनले भने, ‘रामायण सर्किटले दुवै देशका करोडौं यात्रीका लागि ठूलो उदाहरण हो ।’
रामायण सर्किटको भ्रमण दुवै देशका तीर्थ यात्रीका लागि खुशीको भएको मोदीले बताए ।

‘उत्तर प्रदेश र बनारसले मलाई संसद बनायो, सवा सय करोड भारतीयले प्रधानमन्त्री बनाए’, उनले भने, ‘जनकपुर–अयोध्याको नाता अविस्मरणीय र अटुट छ । जनकपुर–अयोध्या सीधा बस सेवा शुरु हुँदैछ । म प्रधानमन्त्रीजीको प्रशंसा गर्छु । हाम्रो सांस्कृतिक सम्बन्ध बढाउन र जनता–जनताबीच सम्बन्ध बढाउन यो ठूलो काम हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७