कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : दीर्घकालीन असर गर्ने निर्णय गर्न रोक


२७ असार २०८०, बुधबार
sarbochcha 1

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

तर, अहिलेको सरकार कायमै रहने छ । दीर्घकालीन असर पर्ने खालका निर्णय पाउन रोक लगाइएको छ । कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दाको सक्कलै फाइल झिकाउँदै सर्वोच्चले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश पनि दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षर लगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखको असार २१ को निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र झिकाउन आदेश दिएकी हुन् ।

गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले) का तर्फबाट रिट दायर गरिएको थियो । कोशीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर भएको रिटमा संविधानविपरीत सरकार गठन भएको दाबी गरिएको छ । रिटमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङग र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

1 2
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७