इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तानसँग पराजित


२९ असार २०८०, शुक्रबार
nepal vs pakisthan mk

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत पाकिस्तानले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।पाकिस्तानलाई जित दिलाउन तयब ताहिरले ५१ रन तथा ओमार युसफले ३६ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ र कुशल मल्लले एक विकेट लिए ।

यसअघि कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे । कुशल मल्ल र अर्जुन साउदले समान १७–१७ रन तथा आशिफ शेखले १२ रन बनाए । गुल्सन झाले १३ रन बनाए ।

कप्तान रोहित पौडेल ४ रन तथा पवन सर्राफ र कुशल भुर्तेल १–१ रनमा आउट भए । भिम सार्की शून्य रनमै पभेलियन फर्किए । पाकिस्तानका लागि शहनवाज दहानीले ५ तथा मोहम्मद वासिमले ४ विकेट लिए । मुवासिर खानले १ विकेट हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७