ललिता निवास प्रकरण : मालपोत कार्यालयका तत्कालीन प्रमुख देउजा फेरि पक्राउ


५ श्रावण २०८०, शुक्रबार
lalita niwas baluwatar 768x384 1

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो ।

सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजालाई पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो ।

यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४०६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ । सीआईबीले अहिले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ । देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७