प्रभु साहलाई कारवाहीको माग गर्दै रौतहटमा सत्ता गठबन्धन दलको प्रदर्शन


९ श्रावण २०८०, मंगलवार
rauthat1690290299

रौतहट । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री प्रभु साहलाई गिरफ्तार गर्न माग गर्दै रौतहटमा सत्ता गठबन्धन दलहरुले प्रदर्शन गरेका छन् । साहलाई कारबाहीबो माग गर्दै कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र लसपाले रौतहटमा संयुक्तमा रुमपा जुलुस निलेका हुन् ।

गौर हत्याकाण्डको मुख्य दोषी र कुस्ती खेलाडी उपेन्द्रदास बैरागी, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारीलगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको गठबन्धन दलको मोर्चाले उनलाई तत्काल गिरफ्तार गर्न माग गरेको हो । यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।

साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् । २०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि सोमबार ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रर्दशन गरेका हो ।

गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७