कम्बोडियाको विद्यालयभित्र दुई हजार बढी विष्फोटक पदार्थ फेला


२९ श्रावण २०८०, सोमबार
806x378 thousands of war era explosives found inside cambodia school 1691933413274

काठमाडौं । कम्बोडियाको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयभित्र गृहयुद्धका समय राखिएका दुई हजारभन्दा बढी हतियार फेला परेको अधिकारीहरूले आइतबार बताएका छन् ।

सन् १९६० को दशकमा सुरु भएको क्रूर द्वन्द्व र अमेरिकी बमबारी अभियानको दशकौंपछि पनि यो देश विश्वमै सबैभन्दा बढी विस्फोटक पदार्थ उत्खनन् गरिएको देशमध्ये एक हो । कम्बोडियाली माइन एक्सन सेन्टरका महानिर्देशक हेङ रतनाले तीन दिनको अवधिमा क्रेटी प्रान्तको एक उच्च माध्यमिक विद्यालयको प्राङ्गणभित्र एक हजारभन्दा बढी एम–७९ ग्रेनेडसहित दुई हजारभन्दा बढी विस्फोटक पदार्थ फेला परेको जानकारी दिए ।

उनले एएफपीलाई बताएअनुसार विद्यालयले बगैँचा विस्तारका लागि जग्गा खाली गरेपछि विस्फोटक पदार्थको अवशेष फेला परेको हो । ‘विस्फोटक पदार्थ फेला परेपछि विद्यालय अस्थायी रूपमा बन्द गरिएको छ’, हेङ रतनाले भने । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा जमिनमुनिबाट निकालिएका विष्फोटक पदार्थका केही भागहरू पंक्तिमा थुपारिएका देखिन्छन् । उनले भने, ‘यो विद्यार्थीहरूको भाग्यमाथिको ठूलो आक्रमण हो । यदि कसैले जमिनमा खाडल पारी राखेर यसमा हिर्कायो भने यी विष्फोटक उपकरणहरू सहजै विस्फोट हुन्छन् ।’

उनले भने, ‘युद्धको समयमा यो स्थल एक सैन्य स्टेशन थियो, र मैदानबाट थप विस्फोटक पदार्थ उत्खनन् हुने सम्भावना छ ।’ कम्बोडियाको गृहयुद्ध सन् १९७५ सम्म चलेको थियो जसमा संयुक्त राज्य अमेरिका र तत्कालीन उत्तर र दक्षिण भियतनामले दुई पक्षलाई समर्थन गरेका थिए ।

विगत चार दशकमा अमेरिकी बम अभियान र बाँकी रहेका ‘माइनफिल्ड’ हरूको दुःखदप्रभाव लामो समयदेखि महसुस गरिएको छ । यो अवधिमा करिब २० हजार कम्बोडियालीहरू बारूदी सुरङ्ग वा बममा कुल्चेको, खेलाएको वा चलाएको कारण मारिएका छन् । सरकारले सन् २०२५ सम्ममा सबै खानी र नफुटेका हतियार सफा गर्ने प्रतिबद्धता जनाएको र आजसम्म पनि उत्खनन् र व्यवस्थापनको काम जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७