सरकारलाई प्रभु साहको प्रश्न : गौर हत्याकाण्डबारे सरकारको धारणा के हो ?


७ भाद्र २०८०, बिहीबार
prabhu sha 1

काठमाडौं । सांसद प्रभु साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै उनले सरकार र पीडितबीच भएको सहमतिलाई गठबन्धन दलभित्र अर्कै व्याख्या गरेर केही दिनभित्रै भ्रम फैलाएको आरोप लगाए । उनले सरकारको यो विषयमा धारणा के हो भन्दै प्रश्न गरे । उनले नेपाल प्रहरीले यो घटना किन अघि बढाउन नसकेको भन्दै प्रश्न गरे ।

‘गौर हत्याकाण्डको विषयमा के भएको छ, जान्न चाहन्छु । सरकार र पीडितबीच सहमति भयो । तर, केही दिन नबित्दै गठबन्धनको नाममा भ्रमपूर्ण कुरा आएको छ । पीडित चिन्तित छन् । सरकारले धारणा के हो स्पष्ट भन्नु पर्छ’, उनले भने, ‘कानुनको शासन छ कि छैन ? कानुन लाग्छ कि लाग्दैन ? घटनाको १७ वर्ष बितिसक्दा पनि किन न्याय भएन ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७