विप्लवले प्रचण्डलाई भने, ‘तपाई सरकारबाट लड्नुस्, म सडकबाट लड्छु’


२४ भाद्र २०८०, आईतवार
Biplaw scaled

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दलाल र पुँजीपति वर्गविरुद्धको लडाई जारी रहेको बताएका छन् ।

आज (आइतबार) हेटौंडामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल र पुँजीपति वर्गले अझै पनि मुलुकमा सुशासन कायम भएको हेर्न नचाहेको भन्दै आफूहरूको लडाई अहिले नै नरोकिने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै भने, ‘तपाई सरकार सम्हालेर सरकारबाटै लड्नुहोस्, सडकबाट म लड्छु ।’ उनले सरकारले मन्त्रिपरिषदमा जनचाहना अनुरूपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने बताए ।

उनले भने, ‘समाजमा अहिले पनि क्रान्ति जारी नै छ । मानिसहरूले न्याय खोज्दाखोज्दा थाकेपछि विद्रोहको परिणामा जनयुद्ध थियो । जनताका चाहनालाई समयमै सम्बोधन, संगठित गर्न सकिएन भने विद्रोहमा बदलिन्छन् ।’ उनले अब पुनः एउटा अर्को इतिहास रच्ने वेला आएको बताए । उनले समाजवादी मोर्चा देशलाई निकास दिन गठन भएको समेत बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७