एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश दिने


२७ भाद्र २०८०, बुधबार
Everest bank logo

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने भएको छ । २७ भदौ बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९र८० को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७