सन्दिपलाई मैदान उत्रने बेला पारसले दिए यस्तो शुभकामना


६ जेष्ठ २०७५, आईतवार
sandeep ipl 20180518184902

काठमाडौं, ६ जेठ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली डेयर डेभिल्सको अन्तिम खेलमा आज पनि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने मैदान उत्र्दै छन् । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेल शुरु हुनै लाग्दा सन्दिपलाई सफलताको शुभकामना दिएका छन् ।sandeep ipl 20180518184902

पारसले खेल शुरु हुनै लाग्दा सन्दिपलाई शुभकामना दिंदै भनेका छन्, ‘देशलाई गौरववान्वित बनाएका छौं, आज पनि पूरा खेल ।’ सन्दिपले दिल्लीका लागि यसअघि दुई खेल खेलिसकेका छन् । दुवै खेलमा कसिलो बलिङ गरेका सन्दिपको

चर्चा विश्वभर भइरहेका बेला आजको खेलमा समेत सन्दिपले राम्रो खेल प्रदर्शन गर्ने आशा गरिएको छ ।
आजको खेलमा प्लेअफबाट बाहिरिसकेको दिल्लीले हराएमा मुम्बई इण्डियन पनि प्रतियोगिताबाट बाहिरिने छ । दिल्ली र मुम्बईको खेल केही बेरमा दिल्लीको फिरोज शाह कोट्ला मैदानमा हुँदैछ ।

pp

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७