माछा पोखरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौंको माछापोखरीमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १६ माछापोखरीमा बा.२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसले ठक्कर दिएपछि चालक फरार भएकाले स्कुटरको नम्बर खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा परेको स्कुटर चालक किन भागे खुलेको छैन । फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।