जडीबुटीस्थित अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश


१२ आश्विन २०८०, शुक्रबार
Jadibuti Baspark3 4OepSuailI

काठमाडौँ । उच्च अदालत पाटनले पूर्व अरनिको यातायातको अगुवाइमा काठमाडौंको जडीबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

‘उल्लेखित छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदक कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ,’ आदेशमा भनिएको छ ।

j

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७