छेन्दुमा प्रधानमन्त्री प्रचण्ड र सिचुवान प्रान्तका सेक्रेटरीबीच भेटवार्ता (तस्वीरहरु)


१२ आश्विन २०८०, शुक्रबार
PRO KTM 07 scaled

छेन्दु । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ झियाहोऊसँग भेटवार्ता गरेका छन् ।

PRO KTM 08

सिचुवान प्रान्तीय जनकांग्रेसका स्थायी समिति अध्यक्षसमेत रहेका वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग प्रचण्डले द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी विज्ञप्तिको स्मरण गरे ।

PRO KTM 06 1

उनले छुङकिङ, तिब्बत र सिचुवानको भ्रमणका क्रममा पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । चीनसँगको पारवहन सन्धिको कार्यान्वयनले अब भूपरिवेष्ठित होइन भू–सम्बन्ध जोड्ने देश भएको प्रधानमन्त्रीले बताएका छन् ।

PRO KTM 09 1

त्यस क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको बताए । उनले प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे । नेपाल र चीन बीचको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको पनि वाङले बताए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७