ट्रकको ठक्करबाट धरानमा स्कुटर चालकको मृत्यु


२० आश्विन २०८०, शनिबार
accident 2

सुनसरी । सुनसरीको धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धरान–८ स्थित कोशी हाइवेको लांघाली चोकमा शुक्रबार धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रकले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ट्रक चालक धनकुटाको चौबिसे गाउँपालिका–६ का ३० वर्षीय चन्द्रप्रसाद राईलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७