घुस लिने जिशिअ रङ्गेहात पक्राउ


९ जेष्ठ २०७५, बुधबार
jisia 20180523034837

सुनसरी, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिंदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको छ ।jisia 20180523034837

घुस लिंदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिएका छन् ।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ’विद्यालयको कम्पाउण्ड र शौचालय निर्माणका लागि बजेट मिलाई दिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको’ प्रवक्ता भट्टराईले जानकारी दिए । घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७