निजगढ विमानस्थलको इआईए स्वीकृत, १५ सय घरधुरी विस्थापन हुने


१० जेष्ठ २०७५, बिहीबार
goo

बुटवल, १० जेठ । निजगढको दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत भएको छ । goo

वन तथा वातावरण मन्त्रालयले इआइए स्वीकृत गरेको सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् । विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्ने छ । विमानस्थलले ८ हजार हेक्टर जमिन ओगट्ने छ । अब विमानस्थल निर्माणका लागि मोडालिटी टुङ्गो लाग्न बाँकी छ ।

विमानस्थल सरकारी–निजी साझेदारी ढाँचा र इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सनमध्ये कुन मोडालिटीमा निर्माण गर्ने भन्ने अन्योल छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पदबाहली गरेकै दिन एक महिनाभित्र निर्माणको मोडालिटी टुंग्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन । तर, इआइए स्वीकृत भएपछि प्रारम्भिक निर्माणको काम अघि बढाउने बाटो खुलेको छ ।

विमानस्थल सिटी बाहेक विमानस्थलकै मुख्य भागका लागि भने २ हजार हेक्टर जमिन पर्याप्त हुनेछ । तत्कालै निर्माणका लागि भने ५ लाख रुख काटिने जनाइएको छ । सरकारले विमानस्थल क्षेत्रमा रेखदेख र संरक्षणको जिम्मा सेनालाई दिएको छ ।

विमानस्थल निर्माण क्षेत्रभित्रका करीब १५ सय घरधुरीलाई सानुपर्ने छ । सरकारले निजगढ विमानस्थलको विस्कृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनीसँग किन्ने निर्णय गरिसकेको छ । यसको डीपीआर कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइडले तयार गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७