कोशीमा माओवादीबाट उप्रेती र समाजवादीबाट जबेगु मन्त्री नियुक्त


१७ कार्तिक २०८०, शुक्रबार
kamal prasad ganesh koshi

काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । सत्ता गठबन्धनको आज (शुक्रबार) बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

जस अनुसार माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव समेत रहेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री बनेका छन् । उनीहरूको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।

अहिले शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू उपस्थित भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनले निर्णय गरेर केदार कार्कीको नेतृत्वको सरकारमा सहभागी भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७