धनुषामा हराइरहेकी बालिका नग्न अवस्थामा मृत्त फेला, दुई जना पक्राउ


२९ मंसिर २०८०, शुक्रबार
latest News nayapage1 scaled

जनकपुरधाम । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका नग्न अवस्थामा मृत भेटिएकी छन् । धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ ।

बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए । सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २-३ जना युवकले उनलाई तल उतारेका थिए । सबै जना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी थालिएको थियो । त्यसै क्रममा अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

खोजविनको क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जानकारी दिए । राति नै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरी निरीक्षक चौलागाईंले बताए ।
बालिकालाई रथबाट उतार्ने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७