प्रधानमन्त्रीद्वारा मानव सेवा आश्रमको भवन उद्घाटन


३० मंसिर २०८०, शनिबार
pm 10

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छन् ।

शनिबार बिहान हेटौंडा आइपुगेका प्रधानमन्त्री प्रचण्डले आश्रमको हेटौंडा ९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन् । आश्रमको भवन १२ करोड रुपैयाँ लागतमा निर्माण भएको बताइएको छ ।

केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो । २०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् । मानव सेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७