‘संकल्प यात्रा’ सम्झँदै ओली लेख्छन्–अविस्मरणीय क्षणहरू सम्झना आइरहन्छन्


३ पुष २०८०, मंगलवार
CPNUML Long march KP Sharma oli Nepal 15

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरूको सम्झना आइरहने बताएका छन् ।

सामाजिक सञ्जालमा आज (मंगलबार) एक भिडियो शेयर गर्दै अध्यक्ष ओलीले मंसिर १४ गतेदेखि सुरु भएको एमालेको झुलाघाट– चिवाभन्ज्याङ ‘संकल्प यात्रा’ का क्रममा पाँचथर फिदिममा नृत्य गरेको अध्यक्ष ओलीले सम्झिएका हुन् ।

उनले लेखेका छन्, ‘पूर्वको माया पश्चिमलाई ! शुभ बिहानी ! पश्चिमदेखि पूर्वसम्मको यात्रा अन्तिमतिर पुग्दै गर्दा पाँचथर फिदिममा नृत्य गर्दै नानी बाबुहरू ! अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरू सम्झना आइरहन्छन् ।’ एमालेले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७