राप्रपा सरकारमा जान ‘च्याप्टर क्लोज’ राजतन्त्रको पक्षमा सशक्त आन्दोलन गर्ने निर्णय


३ पुष २०८०, मंगलवार
rapraopa meetin

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको पक्षमा आन्दोलनमा जाने निर्णय गरेको छ । आज (मंगलबार) जारी केन्द्रीय समितिको बैठकको बीचमा बसेको पदाधिकारीहरुको बैठकले राजतन्त्रको पक्षमा आन्दोलनमा जाने निर्णय गरेको हो ।

राप्रपाका एक जना पदाधिकारीले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरिएको जानकारी दिए । पदाधिकारी बैठकले गरेको आन्दोलनमा जाने निर्णय केन्द्रीय समितिको बैठकमा पेस गरिने र केन्द्रीय समितिबाट पारित भएपछि पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरिने ती पदाधिकारीको भनाइ छ ।

त्यस्तै राप्रपा संघीय संसद्को यो कार्यकालभरी सरकारमा नजाने निर्णय पनि भएको ती पदाधिकारीले बताए । तत्काल केन्द्र र प्रदेश सरकारमा राप्रपा सहभागी नहुने र राजतन्त्रको पक्षमा सशक्त आन्दोलन गर्ने निर्णय भएको उनले बताए ।
राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनको सरकारलाई सहयोग गर्दै सहभागी हुनसक्ने अनुमान गरिएको थियो । तर मंगलबारको बैठकपछि उक्त ‘च्याप्टर क्लोज’ भएको ती पदाधिकारीको भनाइ छ ।

आन्दोलनका लागि पुस र माघमा आन्तरिक तयारी गर्ने अनि फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने उनले बताए । राप्रपाभित्र सरकारको सहभागिताबारे २ लाइन रहँदै आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा खत्रो उत्रिँदै आएका थिए । तर मंगलबारको पदाधिकारी वैठकले सर्वसम्मत रुपमा निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७