हिंसा गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरूद्ध पत्नीले हालिन् मुद्दा


११ पुष २०८०, बुधबार
Surendra Bhandari

काठमाडौं : वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीले बिहे भएको मितिमै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै उनकी पत्नी जानकी पाण्डेले अदालतमा मुद्दा दायर गरेकी हुन् ।

आफ्ना पति भण्डारीले बिहे दर्ता गर्न नमानेकोले नाता कायमको मुद्दा दायर गरेकी पाण्डेले आफूमाथि शारीरीक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भएको भनेर पनि अर्को छुट्टै मुद्दा दिएकी हुन् ।

जानकीका अनुसार उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो । दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रले जानकीसँग बिहे गरेका थिए । बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् ।

उनले भण्डारीविरुद्ध नाता कायम गरेर विवाह दर्ता गरिपाउँ भनी अर्को मुद्दा पनि दायर गरेकी छिन् । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप छ ।

सुरेन्द्र भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७