उपरथी निर्मलकुमार थापा रथीमा बढुवा सिफारिस


१२ पुष २०८०, बिहीबार
nirmal thapa

काठमाडौँ । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवा सिफारिस भएका छन् । नेपाली सेनाको बढुवा सिफारिस समितिले बुधबार बेलुका उनलाई बढुवा सिफारिस गर्ने निर्णय गर्दै सात दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

रथी सीताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा थापालाई बढुवा गर्न लागिएको हो । उपरथी थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । थापाविरुद्ध कुनै दाबी विरोध वा उजुरी भए बढुवा समितिमा ७ दिनभित्र दिन भनिएको छ । नेपाली सेनामा दुई जना रथीको दरबन्दी छ ।

यसअघि अशोकराज सिग्देल बढुवा भएका थिए । सिग्देल र हाल बढुवा सिफारिस भएका थापा मध्येबाट आगामी भदौदेखि नेपाली सेनाको कमाण्ड गर्ने छन् । सिग्देल सिनियर भएकाले उनी नै प्रधानसेनापति बन्ने सम्भावना बढी छ । हालका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७