नेपाली सेनाका १५ सहायक रथीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


१८ पुष २०८०, बुधबार
Nepali Army sena 20190129003714

काठमाडौं । नेपाली सेनाका १५ जना सहायक रथी (जर्नेल) को सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुने गरी १५ जनाको सरुवा भएको हो ।

उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयमा काज लगिएको छ ।

कृष्णबहादुर जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नेपाली सैनिक ब्याटल स्कूलबाट नम्बर १५, बाहिनी अड्डामा बाहिनीपतिको जिम्मेवारी दिइएको छ । ध्रुवप्रकाश शाहलाई सैनिक सचिव विभागबाट वीरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रार बनाइएको छ ।

टिकाराम गुरुङलाई सैनिक सचिव विभागबाट युद्धकार्य निर्देशनालयको निर्देशक, दिपेशजंग शाहलाई नम्बर ५ बाहिनी अड्डाबाट सैनिक सचिव विभाग (अतिरिक्त समूह) मा राखेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा काज खटाइएको छ । यस्तै नम्बर ७ बाहिनी अड्डाका लीलाबहादुर खनाल क्षेत्रीलाई सैनिक तालिम महानिर्देशनालयमा, मोहन क्षेत्रीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट सैनिक इन्टेलिजेन्स निर्देशनालयमा, सैनिक तालिम महानिर्देशनालयका रत्नबहादुर गोदारलाई चरक बाहिनीको बाहिनीपति र चरक बाहिनीका राजेन्द्रमणि गिरीलाई नम्बर २८, बाहिनी अड्डाको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी नम्बर २८ बाहिनी अड्डाका सहायक रथी सानुकाजी थापालाई सैनिक तालिम महानिर्देशनालय, पूर्वी पृतना हेडक्वार्टरका रञ्जित थापालाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयको निर्देशक र नम्बर ६ बाहिनी अड्डाका रामचन्द्र कार्कीलाई मानवअधिकार निर्देशनालयको निर्देशकमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७