कोशीमा सभामुखबारे पार्टीभित्र मतभेद छ, केन्द्रीय बैठकले निर्णय लिन्छ : अध्यक्ष लिङदेन


२७ पुष २०८०, शुक्रबार
Rajendra Lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् ।

आज (शुक्रबार) पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभामुख लिने विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका हुन् ।

उनले भने, ‘सभामुखमा हामीले यो पहिलो पटक लिएका होइनौं । बागमतीमा पनि सहभागिता छ । यो नौलो कुरा होइन् । संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद लिन कसैसँग शर्त नगरी लिन्छौं । यो विषय हाम्रो पार्टीमा संवेदनशील रुपमा उठिरहेको छ । यी सबै पक्षमा कुनै पक्ष विपक्षमा कुरा गर्नुभन्दा पार्टीको संवेदनशील ढङ्गले उठेको विषय भएकाले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उचित निर्णयमा पुग्छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७