कुवेतमा नियम उल्लंघन गर्ने १,४७० आप्रवासीलाई देश निकाला


१ माघ २०८०, सोमबार
kuwet airport

काठमाडौं । कुवेतले नियम उल्लंघन गरेर बसेका आप्रवासी नागरिकलाई देश निकाला गरेको छ । कुवेतको बसोबास तथा रोजगारी नियम उल्लंघन गरेको आरोपमा ११ दिनमा १,४७० व्यक्तिलाई देश निकाला गरेको गल्फ न्युजले जनाएको छ ।
त्यहाँको गृहमन्त्रालयले यो कदम उठाएको हो। कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो । अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए ।

कुवेतमा प्रहरीले आप्रवासी श्रमिकको गतिविधिलाई नियालीरहेका हुन्छन् । त्यहाँको धर्म तथा कानूनले बन्देज लगाएका कुरा गर्नु ठूलो अपराध मानिन्छ । कुवेतले पहिलेदेखि नै यस्ता गतिविधि गर्नेलाई देश निकाला गर्दै आएको हो । कुवेतले यसलाई देशको सुरक्षा अभियान बताएको छ ।

उल्लेखनीय कुरा के छ भने, विगत १० दिनमा रेसिडेन्सी मामिला अनुसन्धान विभागले मात्रै बसोबास तथा श्रम कानून उल्लंघनमा केन्द्रित सुरक्षा कारबाहीमार्फत करिब ७ सय जनालाई पक्राउ गरेको छ । नयाँ वर्षमा ४० हजार नाघेको आवास तथा रोजगारी ऐन उल्लंघनका बढ्दो संख्यालाई मध्यनजर गर्दै गृह मन्त्रालयले आफ्नो निर्देशनलाई बलियो बनाएको छ । गत वर्ष मात्रै ४२ हजार ८५० उल्लंघनकारीलाई पक्राउ गरी देश निकाला गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७