अजरबैजान पठाइ दिने भन्दै ३३ लाख लिएपछि फरार कन्सलटेन्सी सञ्चालक पक्राउ


१५ माघ २०८०, सोमबार
Ramsaran siwakoti

काठमाडौं । वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइ दिने भन्दै २३ लाख रुपैंयाँ ठगी आरोपमा एक कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको मिराकल कन्सलटेन्सीका सञ्चालक २३ वर्षीय राम शरण शिवाकोटी रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले शिवाकोटीलाई कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइ दिने भन्दै पीडित युनिसा आले मगरसहित केही व्यक्तिबाट ३३ लाख २ हजार रकम लिइ फरार भएका थिए ।

अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने, त्यहाँ २ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक–पटक गरी ३३ लाख २ हजार रुपैयाँ लिइ भारतको नयाँ दिल्लीमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई कञ्चनपुरको गड्डा चौकीबाट नियन्त्रणमा लिएको हो । उनले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाइ दिने भन्दै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ । शिवाकोटीलाई थप अनुसन्धानका तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७