दयाहाङ राईको हातमा अहिले १७ चलचित्र, एक वर्ष नयाँ ‘साइन’ नगर्ने


१९ माघ २०८०, शुक्रबार
Dayahang Rai
फाइल फोटो

काठमाडौँ । अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन् ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उनले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् । माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउने छन् ।

अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् । चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७