म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक


२३ माघ २०८०, मंगलवार
foden.jpg

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै खेलमा शानदार जित हासिल गरेको थियो ।

त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल भने नील माउपेले खेलको २१औं मिनेटमा गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटी २२ खेलमा ४९ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको लिभरपुल २३ खेलमा ५१ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी ब्रेन्टफोर्डको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७