नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा


२५ माघ २०८०, बिहीबार
afcon 1.jpg

काठमाडौं । नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेका छन् । गए राति सम्पन्न सेमिफाइनल खेलमा आइभरी कोष्टले डिआर कंगोलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै अर्को सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा भएपछि सो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।

अतिरक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । अब फाइनलमा नाइजेरिया र आइभरी कोष्ट आगामी सोमबार खेल्ने छन् । त्यस्तै सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिका र डिआर कंगो तेस्रो स्थानको लागि खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७