अमेरिकी वायु सेनाका सदस्यद्वारा इजरायल दूतावास बाहिर आत्मदाहको प्रयास


१४ फाल्गुन २०८०, सोमबार
a 1

काठमाडौं । अमेरिकी वायुसेनाका एक सदस्यले वासिंगटन डीसीस्थित इजराइल दूतावास बाहिर आत्मदाहको प्रयास गरेका छन् । प्यालेस्टायनमाथि इजरायलले गरिरहेको निरन्तरको आक्रमणको विरोध गर्दै उनले आत्मदाह प्रयास गरेको बताइएको छ । समाचार एजेन्सी एपीले जनाएअनुसार उक्त घटनापछि ती सैनिक गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार दिउँसोतिर दूतावास पुगेर उनले भिडियो प्रसारण प्लेटफर्म ट्विचमा लाइभ भिडियो गरेका थिए । भिडियो गरिरहँदा उनले आफ्नो फोन भुइँमा राखे र आफूमाथि ज्वलनशील पदार्थ खन्याएर आगो लगाए । उनले आगो लगाउँदै आफू इजरायलले गाजामा गरिरहेको नरसंहारमा सहभागी नहुने बताएका थिए । वायुसेवाका प्रवक्ताका अनुसार डिउटीमा खटिएकै बेला आत्मदाह प्रयास गरेका हुन् ।

अहिले उक्त भिडियो लाइभ स्ट्रिमिंग मन्चबाट हटाइएको छ । तर सुरक्षाकर्मीले त्यसको एक प्रति प्राप्त गरेर अनुसन्धान गरिरहेको छ । गम्भीर घाइते ती सैनिकलाई अस्पताल भर्ना गरिएको छ । उनको नाम भने खुलाइएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मन्त्रिपरिषद्मा गाजाको रफाह क्षेत्रमा आक्रमण गर्ने कुरा गरिरहेका बेला यो घटना भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७