गायक–संगीतकार भक्तराज आचार्यको निधन


१४ फाल्गुन २०८०, सोमबार
Bhakata raj acharaya

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उनको आइतबार ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियाे ।

तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले जानकारी दिए । धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए । संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । उनले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै चर्चित छन् । तर, २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । गायक आचार्य ३० वर्षयता दूध मात्र खाएर बाँच्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७